भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो ।
झडपमा दुवै पक्षका केही सेना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको हो ।
चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।
यीमध्ये सबैभन्दा ठूलो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको बताइएको थियो । यो घटनाले दुई देशबीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।