फ्रान्सको लियोनमा आगलागी, ५ बालबालिकासहित १० जनाको मृत्यु

पूर्वी फ्रान्सेली सहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ ।

आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन ।  भोल्क्स–एन–भेलिनमा बिहान ३ बजेपछि आगलागी भएको थियो । आगलागीमा १४ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुईजना अग्निनियन्त्रकलाई सामान्य चोट लागेको  पनि बताइएको छ ।  





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १३:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया