फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

फ्रान्सेको एक सहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिकासमेत छन् । 

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । 


आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार ७:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया