प्रचण्डलाई एमालेकाे प्रस्ताव : तपाईं प्रधानमन्त्री एमाले राष्ट्रपति, एकीकृत समाजवादीलाई नाे इन्ट्री !

नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा प्रस्ताव गरेकाे छ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार बिहान खुमलटार पुगेर साे प्रस्ताव राखेका हुन् । 

उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गर्दै नयाँ सत्ता समीकरणका लागि आग्रह गरेका हुन् ।वामपन्थी दलहरु एकै ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । 
 
भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो। एमाले र माओवादीले 
राष्ट्रपति र प्रधानमन्त्री एकएक पद लिने र बाँकी पदमा एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाँड गर्न प्रस्ताव राखेका छन् । 

नयाँ सत्ता समीकरण र सरकारमा एकीकृत समाजवादीलाई भने सहभागी नगराउने नेम्वाङकाे प्रस्ताव थियाे । नेम्वाङले प्रचण्डसँग भने, ‘अहिले नेकपा एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन। एसविनाको गठबन्धन बनाऔं।’

यसअघि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले पनि शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो। 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १८:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया