दीपकराज गिरीको व्यङ्गे - सरकार र शक्ति भनेको घाँस हो
फाइल तस्बिर

कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत राजनीतिप्रति व्यङ्गे गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका महामन्त्री तथा युवा नेता गगन थापालाई हराउँदै सभापति  शेरबहादुर देउवा निर्वाचित भएको विषयलाई उनले व्यङ्गे गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार र शक्ति भनेको घाँस हो, परिवर्तन भनेको पराल हो ! घाँस खान छोडेर पराल तिर जान्छ कोही?’

आज भएको चुनावमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका छन् । 
 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १२:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया