झलनाथ खनाल र प्रभु साहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले भेटघाट गरेका छन् । 

बुधबार खनाल निवास डल्लुमा भएको भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनाल भावी राष्ट्रपतिकाे दाैडमा छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएर अस्पतालमा रहेका बेला साहले खनालसँग भेट गरेका छन् । 

राैतहटबाटै सांसद रहेका नेपालसँग साहकाे सम्बन्ध खासै राम्राे छैन । खनालसँग साहकाे भेटलाइ सम्बन्ध सुधारकाे प्रयासका रूपमा हेरिएकाे छ ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १७:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया