धनुषाका सामुदायिक विद्यालय पुस ८ गते बन्द रहने

संयुक्त शिक्षक संस्थाहरूले धनुषाका सामुदायिक विद्यालयहरू पुस ८ गते बन्द गर्ने निर्णय गरेको छ ।

संयुक्त शिक्षक संस्थाहरूको अध्यक्षमध्ये नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम सिनेही यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले पुस ८ गते शुक्रबार सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो ।
 
नगराइन नगरपालिकाले शिक्षक कर्मचारीहरूको तलब भत्ता साउनदेखि हालसम्म उपलब्ध नगराएकोले पुस १८ गतेदेखि चलिरहेको धर्ना कार्यक्रम हालसम्म चलिरहेको र सो पालिकाले तलब भत्ता दिन कुनै पहल नगरेकाले यस्तो निर्णय गरिएको छ ।

शिक्षाको अधिकार स्थानिय तहमै रहे पनि शिक्षक कर्मचारीलाई समय–समयमा तलब भत्ता खुवाउन नसक्दा शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्कँदै गइरहेकोले अब बन्ने सरकारबाट यी अधिकारहरू निकासा हुने गरी अगाडि बढाउन आग्रह गर्ने निर्णय पनि संयुक्त शिक्षक संस्थाहरूले गरेको हो ।
 
यस जिल्लाअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाका शिक्षक संस्थासँग सहकार्य गरी पुस १५ गतेभित्र शिक्षक कर्मचारीको तलब भत्ता दिने सहमति भएबमोजिम त्यस ठाउँको पहिलो चरणको संयुक्त आन्दोलन स्थगित भएको थियो ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १९:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया