फेरि अन्तिम समयमा सर्‍यो नेपाल टी–२० लिग

पहिलो संस्करणको नेपाल टी–२० लिग निर्धारित मितिमै सुरु नहुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरिरहेको प्रतियोगिता शुक्रबारबाट सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, लिग सञ्चालनको आवश्यक तयारी पूरा नगरेका कारण फेरि प्रतियोगिता सरेको हो । 

चतुरबहादुर चन्दले खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला, आवश्यक तयारीको कमी भएकाले प्रतियोगिता केही दिन पर सरेको क्यानले जनाएको छ ।   

६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको लिग तेस्रोपटक सरेको हो । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १४:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया