सशस्त्र सेनाको लडाइँ क्षमता बढाउँदै रुस

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने राष्ट्रपतिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हाम्रा सशस्त्र बलहरूको सशस्त्र बल र लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ । यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ त्यो वातावरण  हामी निर्माण गर्नेछौँ,’ पुटिनले आफ्नो देशका उच्च पदाधिकारीहरूसँग गरेको बैठकमा भनेका छन् । 

‘आज, हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको सम्पूर्ण दायरा कार्यान्वयन गर्नु हो,’ पुटिनले रुसी रक्षा मन्त्रालयको बोर्डको विस्तारित बैठकमा सो धारणा राखेका छन् ।

उनले सेनालाई आणविक लडाइँ तम्तयार अवस्थामा राख्न र थप सुधार गर्न पनि आग्रह गरेका छन् । सार्वभौमसत्ता,  क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षित छ भन्ने मुख्य ग्यारेन्टी गर्नका निम्ति यो कदम आवश्यक रहेको पुटिनको धारणा छ। 

रुसी नेताले नयाँ जिरकोन हाइपरसोनिक क्रूज मिसाइललाई जोड दिँदै  जुन रुसी सेनाले जनवरीमा प्रयोग गर्न सक्षम हुने बताएका छन् ।

राष्ट्रपति पुटिनले जनवरीको सुरुमा एडमिरल गोर्शकोभ फ्रिगेटलाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसको बराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको बताएका छन् ।    





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ७:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया