लिभरपुललाई हराउँदै सिटी काराबाओ कपको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा साबिक विजेता लिभरपुललाई ३–२ ले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

सिटीको जितमा एर्लिङ हालाण्ड, रियाद महरेज र नाथन एकेले एक/एक गोल गरे । लिभरपुलका लागि फाबियो कार्भाल्हो र फाबियो कार्भाल्होले एक/एक गोल फर्काए ।

इतिहाद स्टेडियममा भएको रोमाञ्चक खेलमा एर्लिङ हालाण्डले १० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २० औं मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

४७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई फेरि २–१ को अग्रता दिलाए । लगत्तै ४८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए । 

खेलको ५८ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ३–२ को रोमाञ्चक जित दिलाए । सिटीले अब क्वाटरफाइनलमा साउथह्याम्पटनविरुद्ध खेल्नेछ । 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ९:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया