अमेरिकी सदनले पारित गर्यो १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष

अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदै छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन् । एक हप्ताको निरन्तर छलफलपश्चात् चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ।

आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैर–रक्षा, घरेलु कार्यक्रमका लागि ७७२.५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ । यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ।

यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ । 

सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो । 





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १७:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया