नेपाली भलिबल टोलीलाई लगातार तेस्रो असफलता

काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जितविहीन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।

बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकालेको थियो । 

त्यस्तै तेस्रो सेट २५–१७ ले गुमाएको नेपालले चौथो सेट २५–१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५–६ को जित सुनिश्चित गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । 

नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १९:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया