धनुषाको मुखियापट्टीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना गम्भीर घाइते

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । 

मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा शनिबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दास गम्भीर घाइते भएका छन् । 

गम्भीर घाइते दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ । 

स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार २०:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया