नेपाल टी–२० लिगमा आज पनि २ खेल

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा आइतबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सले प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आन्द्रे म्याककार्थी कप्तानीको विराटनगर प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । लुम्बिनी भने लगातार दोस्रो जितको खोजीमा छ । 

दीपेन्द्र सिंह ऐरी नेतृत्वको लुम्बिनीले पहिलो खेलमा शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो । आजै त्रिवि मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् । 

शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौं नाइट राइडर्सविरुद्ध २६ रनले हार बेहोर्‍यो । ऊ उत्कृष्ट कमब्याक गर्दै जित निकाल्ने सोचमा छ । जनकपुर भने लिगमा विजयी सुरुवात गर्ने योजनामा छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलोपटक भइरहेको नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल ११ जनवरीमा हुनेछ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ७:३८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया