देउवाले सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने माग

सरकार निर्माणमा असफल भएपछि नेपाली कांग्रेसभित्र सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको राजीनामा मागिएको छ । कांग्रेसका नेता गुरुराज घिमिरेले देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् । 

देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् । 

देउवाको अपरिपक्क्व निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र उनको चर्को आलोचना भएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार २१:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया