सेन्ट्रल एसियन जोन भलिबलमा बंगलादेशसँग नेपाल पराजित

बंगलादेशमा जारी बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

आइतबार ढाकामा भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । खेलमा बंगलादेशले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१३ ले जित्यो ।

अब बंगलादेशले उपाधिका लागि किर्गिस्तानको सामना गर्नेछ । पराजित नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलंकाले भाग लिएका छन् ।





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ७:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया