सुशान्तको आत्महत्या थिएन, हत्या थियोः पोस्टमार्टममा संलग्न अधिकारी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, उनको निधनको कारणबारे अहिले पनि भारतमा चर्चा भइरहेको छ ।

मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको थियो । तर, उनको परिवार यसमा सहमत हुन सकेको थिएन । परिवारले सुशान्तको हत्या भएको बताएको थियो । 

अब फेरि यो घटनामा नयाँ मोड आएको छ ।

उनको शवको पोस्टमार्टममा संलग्न एक अधिकारीले उनको हत्या भएको बताएका छन् । यस्तो बताउने अधिकारी हुन्, रुपकुमार शाह ।

१४ जुन २०२० मा सुशान्त उनकै अपार्टमेन्टमा मृत भेटिएका थिए ।

अब रुपकुमारले भारतीय एक टिभीमा कुरा गर्दै सुशान्तको घाँटीमा केही निशानाहरु भएको र यसले उनको हत्या भएको प्रमाणित हुने बताएका हुन् ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ५:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया