logo-img

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : बद्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । कांग्रेस संस्थापन इतर समूहको बुधबार काठमाडौंमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएका हुन् ।

सांसद पाण्डेले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले १० पुसको घटनालाई सामान्यरूपमा कांग्रेसले लिन नमिल्ने बताए । उनले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको उल्लेख गरे । सांसद परियारले राजनीतिकरूपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गीत बनेको बताए । 







  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ७:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया