बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । भेटमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भएको छ।

ओली सत्ता साझेदार दलको संयोजक भएर सत्ता साझेदार दलहरूबीचमा काम गरिरहेका छन् । ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुनेछन् । पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डसँगको आजको भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।  





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १०:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया