logo-img

७८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र

सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । ००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनी सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाए । 

थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जंग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । 

राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो ।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाई बसिरहेका उनी नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताए ।





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार २०:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया