माधव नेपाल भन्छन् - विश्वासको मतबारे पार्टीले निर्णय गर्न बाँकी छ
फाइल तस्बिर

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न बसेको सर्वदलीय बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन्।

विश्वासको मतको विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनले बताए । व्यक्तिगत रुपमा प्रचण्डप्रति आफूहरु सकारात्मक रहेकोसमेत उनले उल्लेख गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ भने २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १५:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया