२२औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बिवाइएससी)लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।
संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरे ।
३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो ।
३७ औं मिनेटमा बिवाइएससीका रेने स्यान्टिलनले गोल गरे । बिवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी गर्यो । बिवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे ।
संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।