वेल्सका स्टार ग्यारेथ बेलले फुटबल खेल जीवनबाट संन्यास लिने घोषणा गरेका छन् । उनले ३३ वर्षको उमेरमा क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।
‘होसियार र सोचविचार गरेर मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यासको घोषणा गर्दछु’, बेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनेका छन् । उनी वेल्सका सर्वाधिक गोलकर्ता र खेल खेल्ने फुटबलर हुन् ।
उनले वेल्सका लागि १ सय ११ खेलमा ४१ गोल गरेका छन् । साउथ ह्याम्पटनबाट व्यावसायिक फुटबल करियर सुरु गरेका बेलले टोटेनहम र रियल मड्रिडबाट पनि खेलेका थिए ।
पछिल्लोपटक उनी अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा आबद्ध थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।