कांग्रेसबाट बागमती प्रदेशसभाको सभामुखमा शिवराज अधिकारी उम्मेदवार

बागमती प्रदेशसभाको सभामुख पदको लागि कांग्रेसले उम्मेदवार उठाउने भएको छ । कांग्रेसले सभामुखको पदका लागि शिवराज अधिकारीलाई उम्मेदवार उठाउने भएको हो ।

उनी समानुपातिकतर्फबाट बागमती प्रदेशसभामा निर्वाचित भएका हुन् । धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए ।

सत्ता गठबन्धनले राप्रपाका भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ११:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया