logo-img

मन्त्रीहरूकाे व्यस्तताका कारण मन्त्रिपरिषद बैठक बस्दै नबसी स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन बिहीबारका लागि बाेलाएकाे मन्त्रिपरिषद बैठक बस्दै नबसी स्थगित भएकाे छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन पुगेका र अन्य मन्त्रीहरू पनि कार्यतालिका व्यस्त भएका कारण बिहान ११ बजे बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे बालुवाटार स्राेतकाे दाबी छ । 

प्रधानमन्त्री प्रचण्डले तत्काल सानाे आकारकाे मन्त्रिमण्डल गठन गरे पनि यसले पूर्णता भने पाएकाे छैन। उनले यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका थिए ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १५:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया