सन्दीपका वकिल भन्छन्– उनी राष्ट्रिय टिममा कप्तानका रुपमा पुनर्वहाली हुनुपर्छ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने रिहा भएसँगै उनी नेपाली क्रिकेट टिममा फर्किन पाउनु पर्ने माग उठ्न थालेको छ । कतिसम्म भने उनका वकिल सरोजकृष्ण घिमिरेले त उनलाई क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले कप्तानमा नै पुनर्वहाली गर्नु पर्ने सुझाव दिएका छन् ।

खेलको विषयलाई लिएर उच्च अदालतले आफ्नो फैसलामा केही नभनेकाले पनि उनी खेलमा फर्किन पाउनु पर्ने सुझाव घिमिरेले दिएका हुन् ।

‘सन्दीप थुनामा परेकाले उनी निलम्बनमा परेका हुन्,’ घिमिरेले भने, ‘अब उनी थुना बाहिर भएपछि उनले क्याप्टेनसिप फिर्ता दिनु पर्ने हुन्छ ।’ उनले क्यानले अहिले नेपाली क्रिकेटको अवस्था बुझ्नु पर्ने बताउँदै उनलाई कप्तानको रुपमा फिर्ता गर्नु पर्ने पनि बताएका छन् । सन्दीप दोषी करार नभइसकेकोलाई घिमिरेले आधार बनाएर यस्तो तर्क गरेका हुन् ।

बिहीबार पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटी र केही सर्तहरुसहित रिहा गर्न आदेश दिएको थियो । उनको परिवारले धरौटीको रकम जम्मा गरेकाले सन्दीप रिहा भएका हुन् ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १४:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया