कर्णाली प्रदेश सभामा सभामुखको निर्वाचन आज

कर्णाली प्रदेश सभामा सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुखको निर्वाचनका लागि मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ । 

सभामुखका लागि एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ । सत्तारुढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । 

एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत छ । उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एक/एक जना सांसदको समर्थन छ । 

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ । उम्मेदवार बनेका दुवैजना सुर्खेतका हुन् । पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।  





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ८:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया