मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
सभामुख चयन पनि आजै गर्ने कार्यसूची

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ । 

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ६२ सांसदको समर्थन छ ।  

त्यस्तै, आज नै सभामुख चयनका मतदान हुनेछ । सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।  





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ८:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया