आफूसहित राप्रापाका तीनजना मन्त्री बन्ने भएपछि राजेन्द्र लिङ्देनले भने - अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ
फरकधार / ३ माघ, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्दैछन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।



पार्टीले मन्त्रीको नाम टुंगो लगाएपनि कसलाई कुन जिम्मेवारी दिने भन्ने बारेमा भने छलफल चलिरहेको छ । तर स्रोतका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन् भने सहरी विकासमन्त्री पाण्डे र कानुमन्त्री प्रधान बन्ने बताइएको छ ।

पार्टीको उक्त निर्णयपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भने अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँको उल्लेख गरेका छन् । 



‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!’ 



  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ११:५०:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया