मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
फाइल तस्बिर

मधेस प्रदेशमा गत २६ पुसमा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बन्यो । त्यही दिन जसपा, नेकपा एमाले र जनमत पार्टीबाट क्रमशः संजय यादव, सरोजकुमार यादव र बसन्त कुशवाहाले बिनाविभागीय मन्त्रीको शपथ लिए । 

मधेसका मुख्यमन्त्री यादवले अब बुधबार संसद्बाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बन्दा यादवको पक्षमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाए । 

यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२ जना सांसदले पनि विश्वासको मत दिने भएका छन् । 

यसलाई आधार मान्ने हो भने १०७ सदस्यीय प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीका ७ जनामात्र प्रतिपक्षमा हुनेछन् र ९४ जनाको समर्थन उनलाई रहने छ । १० वटा मन्त्रालय रहेको मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १४:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया