जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका ६ सांसदको असहमति

नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने गरेको छ । नेकपा माओवादी केन्द्रका जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् ।

कांग्रेसका श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र क्षेत्रबहादुर बम्जनले फरक मत राखेका हुन् । प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । 

उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी वैचारिक स्पष्टता र लोकतान्त्रिक मूल्य, मान्यताअनुरुप चल्नुपर्ने उनको भनाइ छ । 

केन्द्रमा बनेको सत्ता साझेदार दलले बागमतीमा सरकार बनाएका छन् । एमाले र राप्रपा सरकारमा सहभागी भएका छन् । नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिँदै छन् । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १५:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया