कांग्रेस सरकारमा नजाने, तर राष्ट्रपति सभामुखलगायतमा दाबी नछाड्ने
फरकधार / ३ माघ, २०७९

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले आफूहरु सरकारमा नगई प्रतिपक्षमै बस्ने, तर संवैधानिक पदहरुमा भने दाबी गर्ने बताएको छ । 



सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखजस्ता संवैधानिक पदहरू पाए लिने धारणा राखेका हुन्।  

प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्दै, संविधानको पालना–संरक्षण गर्नुपर्ने र तटस्थ बस्नुपर्ने भएकाले यसबारे छलफल गर्न तयार रहेको कांग्रेसको भनाइ छ ।



बैठकमा दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतका पदमा छलफल गरेर जान सकिने धारणा राखेका थिए।



  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:३८:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया