देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।  

उपमहासचिव  पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि एमालेले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको हो ।  

घिमिरे ४ मंसिरको झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ । आजै सवा ४ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रमअनुसारको सूची प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ ।  





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ११:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया