फुटबल खेल चलिरहेकाे मैदानमा हेलिकाेप्टर अवतरण गराएपछि कुटिए क्याप्टेन

स्याङ्जाकाे वालिङमा फुटबल खेल चलिरहँदा विनाजानकारी हेलिकाेप्टर अवतरण गराएपछि हेलिकाेप्टरका क्याप्टेन कुटिएका छन् । 

प्रथम वालिङ गोल्डकपकाे दोस्रो सेमिफाइनल खेल चलिरहँदा जिल्लाको वालिङ नगरपालिकाको खेलमैदानमा हेलिकाेप्टर अवतरण गराएपछि स्थिति तनावग्रस्त बनेको छ।

आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहँदा एकाएक प्रभु हेलिकाेप्टर ल्याण्ड गराएपछि स्थानीयले हेलिकोप्टरका क्याप्टेन रमेश डंगाेलमाथि हातपात गरेका छन् । 

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकाेप्टर ४० हजार रूपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। यात्रुले दबाब दिएपछि बाध्य भएर मैदानमै हेलिकोप्टर अवतरण गरेको क्याप्टेनकाे भनाइ छ । 

खेलकाे पहिलो हाफ चलिरहँदा हेलिकाेप्टर खेलमैदानमा झारिएको थियो। हेलिकाेप्टर ल्यान्ड गर्दा मैदानमा भएका खेलाडीहरूको भागभाग चलेको थियो। 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया