logo-img

इयूको टोली तत्काल नेपाल नआउने
फाइल तस्बिर / पोखरामा दुर्घटनाग्रस्त एती एयरलाइन्सको जहाज

नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली संघ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले आज संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्यांकन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार यती एयरलाइन्सको यही माग १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो ।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो । छुट्टै टोलीलाई स्थलगतरुपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो । उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ । उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७० दशमलव एक प्रतिशत रहेको छ ।  





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार २१:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया