बंगबन्धु म्याराथनमा नेपालकी पुष्पालाई स्वर्णपदक

बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२ दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्णपदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्यपदक जितेकी छन् ।

पुष्पाले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमानीसमेत बनाएकी थिइन् ।





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १९:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया