logo-img

अब बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने

सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुटका र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताए ।

शर्माले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटका र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताए ।

उनले चुरोट, गुटका र बिँडीको मूल्यसहित पोस्टर टाँस गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन, २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई जरिवाना गरिने बताए ।





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया