शाहरुख खानको फिल्म पठानबारे बलिउड अभिनेत्री कंगना रनौटले पाकिस्तान तथा उसको खुफिया एजेन्सी आइएसआइको सकारात्मक छवि देखाएको भन्दै आलोचना गरेकी छिन् ।
उनको यो आलोचनाले बलिउडमा हंगामा मच्चिएको छ ।
उनले यो फिल्मको नाम पठान हुनुमा नै प्रश्न गरेकी छिन् । उनले भारतमा ८० प्रतिशत हिन्दू भए पनि फिल्मको नाम पठान राखिएको भन्दै यसको विरोध गरेकीहुन् ।
उनले फिल्ममा पाकिस्तान दुश्मन देश भए पनि उसको छवि राम्रो देखाइएको र फिल्म राम्रोसँग भारतमा पनि चलिरहेको बताएकी छिन् । उनले यस्तो प्रतिक्रिया दिएपछि उनको सामाजिक सन्जालमा व्यापक आलोचना भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।