देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ : नेता कोइराला
फाइल फाेटाे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन् । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

नेपाल प्रेस युनियन प्रदेश नं. १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने बताए । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको भनाई छ । ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बन्न सक्ने सम्भावना छ’, उनले भने । 

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने बताए । उनले भने, ‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ ।’ 





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १३:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया