नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाने तयारीमा रवि लामिछाने
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसभापति रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनी नागरिकता लिने प्रयोजनका लागि कार्यालयमा आउने तयारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।

‘उहाँ आज जिल्ला प्रशासन कार्यालयमा आउने सुनेको छु । नेपाली नागरिकताका लागि उहाँले प्रक्रिया अगाडि बढाएपछि त्यसबारे हामीले गृह मन्त्रालयसँग समन्वय गरी नागरिकता दिनेबारे प्रक्रिया अघि बढ्छ,’ स्रोतले भन्यो । 

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको थियो । 

लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन–२ बाट विजयी भएका थिए । अहिले भने उनले उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सांसद सबै पद गुमाएका छन् ।  





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ८:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया