सिरी ‘ए’ मा इन्टर मिलानको पुनरागमन जित

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले उत्कृष्ट पुनरागमन जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले क्रेमोनीजविरुद्ध २–१ को जित निकालेको हो ।

मिलानको जितमा लाउटरो मार्टिनेज नायक सावित भए ।  मिलान ११ मिनेटमै १–० ले पछि परेको थियो । ११ औं मिनेटमा डेभिड ओक्रेरेकेले गोल गर्दै क्रेमोनीजलाई सुरुआती अग्रता दिलाएका थिए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । 

२१ औं मिनेटमा मिलानका मार्टिनेजले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । 

योसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । उनले २० खेलमा ४० अंक जोडेको छ । पुछारमा रहेको क्रेमोनिले ८ अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ९:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया