माओवादी गृह मन्त्रालय आफैंसँग राख्ने योजनामा, सोमबार पदाधिकारी बैठक
फरकधार / १५ माघ, २०७९
फाइल तस्वीर ।

सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय गुमाएपछि रिक्त रहेको मन्त्रालय आफैंसँग राख्ने नेकपा माओवादी केन्द्रको तयारी रहेको छ । 



यसबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले सोमबार विहानका लागि पदाधिकारी बैठकसमेत बोलाएको छ । 

शुक्रबार नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रिया नचलाएको भन्दै लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनले गृह मन्त्रीसँगै सांसद, पार्टी सभापतिलगायतका पद पनि गुमाएका थिए ।



आइतबार नेपाली नागरिकता लिएसँगै रवि लामिछाने रास्वपाको सभापतिमा पुनः फर्किएका छन् । तर, उनलाई अब गृह मन्त्रालयको जिम्मेवारी नदिने योजनामा छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।



प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि यही विषयमा आज दिउँसो लामो छलफल भएको थियो । पार्टीको सभापतिमा कमब्याक गरेपछि लामिछाने पनि आफूलाई गृह मन्त्रालय दिन अनुरोध गर्न बालुवाटार पुगेका थिए ।


  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार २२:२२:५८,   अन्तिम अपडेट : माघ १५, २०७९ आइतबार २२:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया