गृह मन्त्रालयमा रविबाहेक अरु सांसदलाई पनि पठाउन सक्छ रास्वपाले

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दाबी स्वभाविक भएको दाबी गरेको छ । यसअघि सत्ता गठबन्धन हुँदा नै गृह मन्त्रालय आफ्नो भागमा परेको हुनाले अब यसमा थप दाबी गर्न नपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको हो ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीले अब गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गरेको छैन । 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध भएको सर्वोच्चको ठहरसँगै उनले पाएको उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । 

आज उनले नागरिकता फेरि लिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले उनलाई सभापतिमा फर्काएको छ । 

गृहमन्त्री गुमाएपछि फेरि उनलाई नै गृहमन्त्रीमा पठाउने तयारी रास्वपाले आन्तरिक रुपमा गरेको बाहिरिएको थियो । तर, अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि गृहमन्त्रीमा रवि लामिछानेलाई ल्याउन नसकिने अडान लिएपछि रास्वपाले गृहमन्त्रीमा नयाँ अनुहार पठाउने सम्भावना बढेको हो । 

यसबारे रास्वपाका प्रवक्ता मुकुल ढकालले भनेका छन्, ‘यो हामीमा आएको समस्या हो। त्यसैले अन्य दलले त्यही अनुरुप बुझ्नुपर्छ। अरु दलले कसरी मूल्यांकन गर्नुभएको छ भन्ने विषयमा भने हामी छलफल गर्छौं। त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय लिन्छौं ।’






  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १८:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया