प्रधानमन्त्रीलाई नेकपा एसको ज्ञापनपत्र- महँगीका कारण बाँच्न धौधौ भयो, आर्थिक संकट समाधान गर्नुस्
फरकधार / १७ माघ, २०७९

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै नेकपा एसले आज बिहान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।



समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायीलगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्,’ अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ । 



दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ । देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।



संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्ने लगायतका माग बुँदागतरूपमा ज्ञापनपत्रमा छ । 

 

  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १०:५:६,   अन्तिम अपडेट : माघ १७, २०७९ मंगलबार १०:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया