कामना विकास बैंकका सिइओ पक्राउ

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृृत (सिइओ) पक्राउ परेका छन् । प्रहरीले उनीबाहेक अन्य तीन जनालाई पनि यही मुद्दामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । 

उनीहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप परेको थियो । 

झन्डै तीन महिनाअगाडि नै यस विषयमा कामना सेवा विकास बैंकले आन्तरिक रुपमा अनुसन्धान गरेको थियो ।





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार १९:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया