जरायो मारेको अभियोगमा दुई प्रदेश सांसदसहित ४९ जना विरुद्ध मुद्दा दायर

निकुञ्जभित्र पसेर जरायो मारेको घटनामा दुई प्रदेश सांसदसहित ४९ जना विरुद्ध मुद्दा दायर भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । गत पुस ४ गते निकुञ्जको जङ्गलबाट मृत जरायो र बन्दोबस्तका सामानसहित पाँच जना पक्राउ परेका थिए । 

सोही घटनाबारे ४५ दिनको अनुसन्धान पछि निकुञ्जले प्रदेश सांसदहरू प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुद्दा दर्ता भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । 

मंसिर चार गते भएको निर्वाचनबाट प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट र श्याम बहादुर काठमाडौं क्षेत्र नम्बर ५ को २ बाट निर्वाचित भएका थिए । निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रूपमा काम गरेको ठहर गरेको भन्दै सूचना अधिकारी खड्काले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने बताए ।





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १७:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया