logo-img

चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ५३७ मत ल्याएर कार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए ।   

उनका निकटतम् प्रतिद्वन्द्वी डा. सन्तोष पौडेलले २ हजार ३२३ मत प्राप्त गरे । अर्का प्रत्यासित डा. शिवजीविक्रम सिलवालले १९० मत पाए । 

मधेश प्रदेश उपाध्यक्षमा डा. नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा.प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा.राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. प्रशान्त भट्ट निर्वाचित भएका छन् ।  

यसअघि वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, प्रदेश १ उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

महासचिवमा डा. सञ्जीव तिवारी निर्वाचित भएका छन् । सदस्यमा डा. अमृत रञ्जन मिश्र, डा. किशोर कार्की, डा. स्मृति महत, डा. सिर्जना विष्ट, डा. तेङ्सुसिंह मल्ल र डा. योभिन यादव निर्वाचित भएका छन् । कोषाध्यक्ष डा. प्रमोद जोशी, सहकोषाध्यक्ष डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन पनि निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचनमा कुल १२ हजार ८३४ मध्ये ६ हजार २९२ मत खसेको छ । गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो ।  





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार ७:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया