logo-img

आइतबार आकस्मिकबाहेक देशभरका स्वास्थ्य सेवा बन्द

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । 

‘सुरक्षाको नाममा भिभिआइपीको सवारीबाट आमसर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति ०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णय अनुसार मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा आम सर्वसाधारणको भावना र मर्मअनुसार सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै संघले लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बहानामा दुःख, सास्ती र अशोभनीय कार्य सदाका लागि बन्द गर्न पनि माग गरेको छ । 





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार १७:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया