डाक्टरमाथिको कुटपिटबारे प्रहरीको धारणा सार्वजनिक

राष्ट्रपतिको सवारीका बेला डाक्टरमाथि भएको कुटपिटको घटनाबारे नेपाल प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै प्रहरीले पेसागत संवेदनशीलतालाई मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो । 

डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकृत सीताराम रिजालले विज्ञप्ति जारी गरेका छन् ।

प्रहरी कर्मचारी र नेपाल चिकित्सक संघ तथा अस्पतालमा कार्यरत चिकित्सकबीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घण्टा खटिने यी दुई जिम्मेवार संस्थाहरूको सम्बन्धमा व्यक्तिका गैरव्यवसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकोले संलग्न प्रहरी कर्मचारीलाई व्यवसायिकता, उत्तरदायित्व एवं जवाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएकोले संस्थाहरूको विशिष्ट सेवा र पेसागत संवेदनशीलतालाई समेत मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।’





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार २१:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया