logo-img

चिकित्सकमाथि भएको हातपात घटनाप्रति चिकित्सक संघ जनकपुरधामको आपत्ति

नेपाल चिकित्सक संघ जनकपुरधामले चिकित्सकमाथि भएको हातपात घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । 

शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीबाट हुन गएको धरपकड र गम्भीर घाइते हुनेगरी भएको लाठीचार्जप्रति नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले गम्भीर आपत्ति जनाएको हो । 

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचयपत्र देखाउँदा पनि अस्पताल परिसरभित्र प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अशोभनीय कार्य भएको संघका अध्यक्ष डा. रामजी यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमार्फत घटनाको छानबिन गरी तत्कालै दोषी सुरक्षाकर्मीमाथि कानुनी कारबाही गर्न र पीडित चिकित्सकको उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले माग गरेको छ ।

सो घटनामा उचित छानबिन गरी दोषीउपर कारबाही नभए हुने विरोधका कार्यक्रममा पूर्णरुपमा सहभागी हुन सम्पूर्ण चिकित्सकमा नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले अपिल गरेको छ ।





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार २१:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया